काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण सम्पन्न भएको छ । प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सपथ दिलाएका हुन् । प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए।…