१९ बैशाख २०८३, शनिबार | May 3, 2026

सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण सम्पन्न भएको छ ।

प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सपथ दिलाएका हुन् ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् ।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए। संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।

सपथ ग्रहण समारोहको संचालन संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले गरेका छन ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य राणालाई पद तथा गाेपनीयताकाे शपथ गराएकी थिइन् ।

सपथग्रहण कार्यक्रम अघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र स्वतन्त्र सांसदको बैठक बसेको थियो । सो बैठकमा सपथ ग्रहण प्रक्रियाबारे संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

सपथ ग्रहण समारोह सकिएपछि जेष्ठ सदस्य राणाले चियापान आयोजना गरेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १ : ३० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय