काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा घरेलु टिम मलेसियाविरुद्ध नौ विकेटको जित निकाल्दै नेपाली टिम फाइनलमा प्रवेश गरेको छ । बिहीबार क्वालालम्पुरमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए । यस्तै, शिवान्स…