मध्यविन्दु । नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज दिउँसो आएको बाढीले बगाएपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यात्रुवाहक सवारीसाधन र साना सवारीसाधन…