८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको शुभकामना

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले शुभकामना दिएका छन् । मोदीले समाजिक सञ्जाल एक्समार्फत कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेकोमा सफलताको शुभकामना दिएका हुन् । मोदीले नेपाली भाषामा लेख्दै भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ…