२३ बैशाख २०८३, बुधबार | May 6, 2026

विशेष महाधिवेशनकर्ताहरुको मागलाई सम्मान गर्न संस्थापन निकट ३० नेताको अपील



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका करिब ३० केन्द्रीय सदस्यले विशेष महाधिवेशनकर्ताहरुको लिखित माग सुन्न र सम्मान गर्न नेतृत्वलाई अपील गरेका छन् ।

शुक्रबार बिहान बसेको ३० नेताको बैठकले विधान महाधिवेशनको लिखित माग दर्ता गरिसकेका महाधिवेशन प्रतिनिधिहरूको पहललाई सम्बोधन गर्न नेतृत्वलाई आग्रह गरेका हुन् । उनीहरुले संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् ।

नेताहरुको अपिलपत्रमा भनिएको छ, “नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन लिखित निवेदन दर्ता गरिसकेको सन्दर्भमा, माग राख्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई दृष्टिगत गरेर नयाँ ऊर्जा र सोचका साथ अग्रसर हुन संवाद र सहमतिमार्फत् व्यापक एकता कायम गरी कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौँ।”

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : ४३ बजे

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन