काठमाडौँ । संघीय सरकार अन्तर्गतका सचिवहरुको बैठकले निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने सैद्धान्तिक सहमति गरेको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो । हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेकोमा २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्ने बताइएको…