२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनपीएलमा आज लुम्बिनी र काठमाण्डु भिड्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज आमनेसामने हुने भएका छन् । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र करण केसी कप्तान रहेको काठमाण्डु गुर्खाजबीच दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा खेल सुरु हुनेछ ।

प्रतियोगितामा काठमाण्डुले तीन खेल खेलेको छ भने लुम्बिनीले दुई खेल खेलेको छ । दुवै टिमसँग हाल समान दुई-दुई अंक छन् । काठमाण्डुले उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो । तर, त्यसपछि उसले लगातार दुई खेलमा पराजय बेहोर्नु परेको छ । दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले र तेस्रो खेलमा विराटनगरसँग ५ विकेटले पराजित भएको हो ।

लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । तर दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटको हार व्यहोर्नु परेको छ ।

अंक तालिकामा काठमाण्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा छन् । आजको खेल दुवै टिमका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ, किनकि दुवैले प्रतियोगितामा लय समात्न जित आवश्यक छ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्ससहित आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन् ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले समान ६ अंक बनाएका छन् । नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने विराटनगर दोस्रोमा छ । काठमाडौं, लुम्बिनी, चितवन र कर्णाली क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

जनकपुर र पोखरा एभेन्जर्सले भने खेलेका दुई खेलमै अंक जोड्न सकेका छैनन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ५१ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा