काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट जनसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् । कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पस अगाडिबाट विरोध प्रदर्शन सुरु गरेका हुन् । प्रदर्शनको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला…