काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिव)मा ३४ दिनदेखि जारी तालाबन्दी अन्त्य गर्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले सरकारका सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र कीर्तिपुर प्रहरी वृत्तलाई तालाबन्दी खोल्न वा खुलाउन निर्देशन दिएको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले…