७ आश्विन २०८३, बुधबार | September 23, 2026

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने



काठमाडौँ । ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । पटक पटक गरि अध्यादेश जारी गर्दै नियुक्ति सिफारिस गर्दै गरेका ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने भएको हो ।

२०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएपनि फैसला आएको छैन ।

गत जेठ २८ गते नै फैसला सुनाउने तयारीका लागि भन्दै अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा जुटेका थिए । गत २८ गते लगभग दिनभरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबिच ६ घण्टा लामो छलफल भए पनि निर्णय भने आउन सकेको थिएन ।

सरकारले २०७७ वैशाख ८ मा ‘संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६’ संशोधन गर्न अध्यादेश जारी गर्दै परिषद्को अध्यक्ष रहने प्रधानमन्त्री सहित तत्कालीन बहाल सदस्यको बहुमत उपस्थित भएमा गणपूरक सङ्ख्या पुगेको मानिने र सोही बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था अध्यादेशमा ल्याइएको थियो । तर सो अध्यादेशको व्यापक विरोध भएपछि अध्यादेश जारी भएको चौथो दिन वैशाख १२ गते अर्को अध्यादेशमार्फत उक्त व्यवस्था खारेज गरिएको थियो । असार १५ मा सङ्घीय संसद्ले अध्यादेशको स्थानमा पुरानै व्यवस्था कायम गरेपछि दोस्रो पटक ल्याइएको अध्यादेश समेत निश्क्रिय भएको थियो ।

संघीय संसदले गरेको ब्यवस्था विपरित सरकारले २०७७ मङ्सिर ३० मा सरकारले पुनः अध्यादेश ल्याउँदै पुनः बहुमत सदस्यको उपस्थिति र निर्णय पर्याप्त हुने व्यवस्था गरेको थियो । सोही दिन परिषद्को बैठकले नियुक्तिका लागि सिफारिस गरेको भनिएपनि तत्कालीन राष्ट्रियसभा अध्यक्षले सिफारिस नभएको जानकारी दिएका थिए । अध्यादेश तथा त्यसबमोजिम नियुक्ति सिफारिस सम्बन्धी निर्णय गरिएको भए बदर गर्न माग गर्दै भोलिपल्टै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

यस्तै अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मङ्सिर ३० को बैठकले संवैधानिक निकायका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो । सिफासिको चर्को बिरोध भएपछि पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पहिलो पटक विघटन गर्न सिफारिस गरे ।

सोहीबिच २०७७ पुस १७ देखि पुस २६ गतेसम्म राष्ट्रियसभाको अधिवेशन चालु रहेको थियो । राष्ट्रियसभामा अध्यादेश पेस गरिएपनि सभाले अध्यादेश अस्वीकार गरेको थियो । त्यस लगत्तै माघ २१ मा ३८ मध्ये ३२ जनालाई नियुक्त गरिएको थियो । उता सर्वोच्चले फागुन ११ मा प्रतिनिधिसभा पुनःस्थापित गरिदिएपछि प्रतिनिधिसभाले सो अध्यादेश पुनः अस्वीकृत गरेको थियो ।

यसैबिच २०७८ वैशाख २१ मा सरकारले पुनः अध्यादेश ल्यायो र मङ्सिर ३० को अध्यादेश खारेज गऱ्यो । वैशाख २६ मा परिषद्ले २० जनाको नाम सिफारिस गर्‍यो र जेठ ८ मा दोस्रो पटक संसद् विघटन भयो ।

त्यसबेला पनि जेठ ३० गते अध्यादेश सिफारिस बदर गर्न माग गर्दै पुनः सर्वोच्च अदालतमा रिटहरू परे । असार २८ गते पुनः सर्वोच्चद्वारा संसद् पुनर्स्थापनाको फैसला भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन परमादेश जारी भयो ।

देउवा नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते राष्ट्रपतिबाट अध्यादेश खारेज भएको थियो । अध्यादेश खारेज भएपनि सोही अध्यादेशमा टेकेर नियुक्त गरिएका पदाधिकारीहरुले भने अहिलेपनि काम कारवाही गरिरहेका छन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ९ : २४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज