काठमाडौं । सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्मा अलथानीले हिमालमा हिउँ हराउँदै गएको र ‘हिमालमा जीवन छैन’ जस्तो अनुभव भएको बताउँदा उनले विश्व समुदायको ध्यान जलवायु परिवर्तनको गम्भीर समस्यातर्फ खिचे । उनको यो चिन्तालाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ मा नेपालको हिमालय क्षेत्रको भ्रमणका क्रममा पनि दोहो¥याए । गुटेरेसले सगरमाथा क्षेत्रको भ्रमण गर्दै…