२४ श्रावण २०८३, आइतबार | August 10, 2026

सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सातौँ पटक म्याद थपका लागि अदालत लगिएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्रलाई जिल्ला अदालत काठमाडौं लगिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने भएका छन् । यसअघि वैशाख २१ मा काठमाडौं जिल्ला अदालतले छैटौँ पटक म्याद थप गर्दै उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनी गत चैत १५ गते साँझ पक्राउ परेका थिए । राजावादीको प्रदर्शनमा भिडलाई उकासेको आरोपमा उनी पक्राउ परेका थिए ।

उनलाई बिहीबार सातौँ पटक म्याद थपका लागि अदालत लगिएको छ । तीनकुनेमा राजावादी समूहको आन्दोलन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको थियो ।

त्यसबेला प्रदर्शनकारीहरुले व्यक्तिका निजी घर, व्यवसायिक स्थल र सरकारी कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए ।

उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर जबरा भने क्यान्सरको बिरामी भएकाले छुटिसकेका छन् । चैत २८ गते भारतबाट समातिएका दुर्गा प्रसाईं पनि प्रहरीको हिरासतमै छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : ३० बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता