काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा बनाइएको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको उक्त कार्यकक्षलाई मंगलबार (भदौ ३१) बाट प्राधिकरणकै प्रयोजनका लागि प्रयोग गर्न घिसिङले आदेश दिएका हुन् । यसअघि तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले…