२० श्रावण २०८३, बुधबार | August 5, 2026

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई र सवारी दर्ता अनिश्चितकालका लागि बन्द

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि स्थगित गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाई तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने यातायात व्यवस्था विभागले…