काठमाडौं । आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दावीबाट सफाई दिएको छ । काठमाडौं जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश भुवन गिरीलाई उच्च अदालत पाटनले आज सफाई दिएको हो । न्यायाधीशहरु लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको ईजलाशले गिरीलाई सफाई दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए…