काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति संसद्ले शोक प्रस्ताव पारित गरेको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएका बोहोराको निधनप्रति शोकप्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित भएको हो । यो चालु हिउँदे अधिवेशनको अन्तिम बैठक हो । मंगलबार राति १२ बजेबाट हिउँदै अधिवेशन अन्त्य हुँदै छ । कोरोनापछि…