७ आश्विन २०८३, बुधबार | September 23, 2026

थियानजिनमा ओली-मोदीबीच अनौपचारिक भेट, ‘नेपाल-भारत सम्बन्ध गहिरो र विशेष’ : मोदी



थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको थियानजिनमा अनौपचारिक भेट भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजना गरेको स्वागत समारोहका क्रममा दुवै नेताबीच भेटघाट र अनौपचारिक कुराकानी भएको हो ।

थियानजिन मेइजियान सम्मेलन केन्द्रमा भएको सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा भएको भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा तस्वीर सार्वजनिक गरेका छन् ।

तस्वीर शेयर गर्दै मोदीले थियानजिनमा प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन् । साथै, उनले नेपाल-भारत सम्बन्धलाई “गहिरो र विशेष” रहेको पनि टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : १८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई