नवलपुर । नवलपुर जिल्लाका विभिन्न खोला–नदीबाट खुलेआम ढुंगा, गिटी–बालुवा चोरी निकासी भइरहे पनि नियन्त्रणका लागि जिम्मेवार निकाय मौन देखिएका छन्। कावासोती नगरपालिकाको केरुङ्गे खोला, हुप्सेकोट गाउँपालिका स्थित गिरीबारी खोला, बिनयी त्रिबेणीको बिनयी खोला र बुलिङटारको कालीगण्डकी नदीमा दैनिक रूपमा ठेक्का वा अनुमति विना नै ट्र्याक्टरमार्फत ढुङ्गा, बालुवा–गिटीको चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन्। स्थानीयवासीका अनुसार…