काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले केही दिनयतादेखि राजावादीहरुले संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा जनता सडकमा आएका र त्यहाँ संविधानविपरीत र राष्ट्र हितविपरीतका गतिविधि भएको बताएका हुन् । उनले भने, 'पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट,…