काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केही प्रदेश इन्चार्जहरू हेरफेर गरेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठले विभिन्न प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजनमा सामान्य हेरफेर गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल रहेका छन् । मधेश प्रदेशमा उपमहासचिव मातृका यादव…