काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालैको विपत्तिमा परेका नागरिकको सहयोग, पुनःस्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा एक कार्यक्रमका बीच अभियान शुभारम्भ गर्दै विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन युद्धस्तरमा काम गर्न निर्देशन दिए । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले…