१० असार २०८३, बुधबार | June 25, 2026

बाढीले अस्थाई डाइभर्सन पनि बगायो, बुटवलन नारायणगढ सडक खण्ड अवरुद्ध



नवलपुर । नवलपुरको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले अस्थायी रूपमा बनाइएको डाईभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अन्तरगत नारायणगढ-बुटवल खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ

यात्रुवाहक सवारी साधनका लागि प्रयोग हुँदै आएको वैकल्पिक भित्री सडक मार्गमा पर्ने खरङ्गे खोलामा पानीको बहाव उच्च भएपछि सो बाटोसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

विनयी खोलामा निर्माणाधीन पुल भाँचिएपछि हेभि सवारीहरू अस्थायी डाईभर्सनमार्फत आवतजावत गर्दै आएका थिए। यात्रुवाहक बसहरू भने वैकल्पिक मार्ग होङ्सी गेट–सर्दी हुँदै ज्यामिरे राजमार्गमाप्रयोगमा ल्याइएको थियो।

आज बिहान देखि परेको बर्षाका कारण विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको र खरङ्गे खोलामा पानीको बहाव बढेपछि दुवै मार्ग पूर्ण रूपमा अबरुद्ध भएका हुन्।

सुरक्षाकर्मीहरू बाटो खुलाउने प्रयासमा जुटेका छन् भने यात्रुहरू र सवारी बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : ०९ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार