नेपालगन्ज। नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठकमा आज लुम्बिनी प्रदेशका ५१ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा प्रस्तुत गरेका छन् । आजको बैठकमा बोल्ने वक्ताहरुले पार्टी निर्माणको आधार बन्दै गएको तर नेताहरुले जनतासँगको सम्बन्ध छाड्दा समस्या आएको बताएका थिए । बक्ताहरुले हेडक्वाटर धेरै उदार भएका कारण पार्टी भित्र गलत प्रबृत्तिका ब्यक्तिहरुले फाईदा लिने गरेको टिप्पणी…