काठमाडौं । संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । यसले कम्प्याक्टको कूल बजेटलाई सात सय ४७ मिलियन अमेरिकी डलरसम्म पु¥याउने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । यो कदमले अमेरिका र नेपालबीचको लगातार र सशक्त साझेदारीलाई प्रदर्शन गरेको छ ।…