काठमाडौं । त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच तीनदेशीय टी-२० शृंखला आजदेखि सुरु हुँदैछ । खेल आज बिहान साढे ११ बजे सुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग-२ एसदिवसीय प्रतियोगिताको समाप्तिसँगै नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच टी-२० क्रिकेट श्रृंखला हुन लागेको हो । नेपालले दोस्रो खेल भने…