१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

‘समुदायमा कांग्रेस’ अभियान आजबाट सुरु, वडा-वडामा पुग्दै नेता

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आजबाट ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत कांग्रेस देशभरका ६ हजार ७४३ वडासम्म पुग्ने र जनताको कुरा सुन्ने जानकारी दिएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस अभियानअन्तर्गत वडा तहसम्म पुग्ने प्रतिनिधिहरूले औपचारिक आसनग्रहण गर्न पाउने छैनन् । यस्तै, प्रतिनिधिले भाषण पनि गर्न पाउने छैनन्…