काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे संसदलाई स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलहारीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका हुन् । बैठक सुरुहुने वित्तिकै समय लिएर बोलेका प्रधानमन्त्रीले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोसको भएको र…