रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा गाउँमा उत्पन्न विवाद समाधानका लागि प्रशासनले सर्वदलीय सहमतिसहित सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आह्वानमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सद्भाव र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न निर्णयहरू गरेको हो। बैठकको निर्णयअनुसार सोमबार बिहान…