काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठकमा समूहका शीर्ष नेता, १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ । नेताहरूका अनुसार बैठक बिहान ११ बजे धुम्बाराहीस्थित होटल स्मार्टमा बस्नेछ । यसअघि वैशाख ६ गते यही…