काठमाडौं । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजका क्रममा गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ । घटनापछि उपराष्ट्रपति जेडी भान्स तथा ट्रम्पको मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई पनि सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालेका थिए । प्रारम्भिक विवरणअनुसार राष्ट्रपति, उपराष्ट्रपति र मन्त्रिपरिषद्का सबै सदस्यहरू सकुशल रहेका छन् ।…