काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो । अदालतले गौशाला २६ नाबालिक भने नरहेको ठहर गरेको छ । तर सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै उनलाई बलात्कार गरेको ठहर गरेको छ ।…