७ चैत्र २०८२, शनिबार | March 21, 2026

विदेशमा रहेका नेपालीलाई मतदान – सर्वोच्चको आदेश कार्यान्वयनमा अलमल

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । तर, सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवालाले बताएका छन् । नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई)द्वारा आइतबार भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताएका छन् । “जुनसुकै देशमा भए पनि नेपालीको पहिचान…