टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली सेवाग्राहीलाई राहत मिलेको छ । करिब ७० दिनअघि स्थापना भएको महावाणिज्यदूतावासबाट एक हजार २६० जना नेपालीलाई ‘कन्सुलर’ सेवा प्रदान गरिएको छ । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)द्वारा ड्यालसमा आयोजित स्थानीय पत्रकार तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा दूतावासका प्रवक्ता प्रवीण भट्टराईले दूतावास खुलेको छोटो अवधिमा ६९२ जनालाई…