इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले कोरोना भाइरसको नियन्त्रणमा नेपालले चालेका कदमप्रति समर्थन जनाएका छन् । इस्लामावादस्थित आफ्नै कार्यालयमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग छलफल गर्दै विदेशमन्त्री कुरैशीले महामारी नियन्त्रणमा नेपालले चालेका सबै कदममा समर्थन रहेको जनाएका हुन् । कुरैशीले कोरोना भाइरसको महामारीका कारण नेपालले व्यहोर्नुपरेको संकटमा दुःख व्यक्त गर्दै महामारीबाट ज्यान गुमाउनेहरुप्रति…