२० बैशाख २०८३, आइतबार | May 3, 2026

जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई

काठमाडौं । जापानका विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पस, जापानी भाषा विभाग प्रमुख कामिमुरा योशिहारुलाई प्रदान गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज आफ्नो निवासमा आयोजित एक समारोहमा विभागीय प्रमुख कामिमुरालाई उक्त प्रंशसापत्र प्रदान गरेका हुन् । विदेशमन्त्रीको प्रशंसापत्र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा समूहलाई जापानसँगको मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धनमा योगदानको कदर स्वरुप…