८ चैत्र २०८२, आइतबार | March 22, 2026

झापा-५ मा बालेन साहको अग्रता, केपी ओली पछ्याउँदै

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी सुरुवाती मतगणनामा बालेन्द्र साह बालेनले अग्रता लिएका छन् । प्राप्त प्रारम्भिक परिणामअनुसार २३०३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार साहले १४७६ मत प्राप्त गरेका छन् । उनी हाल अग्रस्थानमा रहेका छन् । झापा-५ अन्तर्गत गौरादह क्षेत्रका मतदान केन्द्रबाट मतगणना सुरु भएको हो ।…