पाल्पा । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ (२) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्ती मगर बसन्तले माओवादीको नीतिमा देश चलेकाले नीति अनुसारको नेतृत्वको लागि मत चाहिएको बताएका छन् । उनले अहिले गठबन्धन गरेर माओवादी, काँग्रेस, समाजवादी, जनमोर्चा लगायतका पार्टीहरु चुनावी मोर्चामा होमिएको बताउँदै लोकतन्त्र बचाउनका लागि…