काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने उक्त कार्यक्रमको औपचारिक घोषणा आज ललितपुर चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो। हास्य व्यङ्ग्यमा आधारित यस रियालिटी शोमा महानायक राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्नेछन् भने चर्चित कलाकारहरू विल्सन बिक्रम राई,…