बुटवल । गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर "जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन" विषयक ३ दिने कार्यशाला शुक्रबारदेखि रुपन्देहीमा सुरु भएको छ । चन्द्रसूर्य सिनेमाको आयोजना तथा रुपन्देही चलचित्र पत्रकार संघको सहकार्यमा लुम्बिनीमा हुने कार्यशालाको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले लुम्बिनीसँग जोडेर चलचित्र क्षेत्रको माध्यमबाट विकास र प्रवर्द्धन…