६ आश्विन २०८०, शनिबार | September 23, 2023

गायक रविन तामाङको निधन

काठमाडौं । नेपाली चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ का संस्थापकसमेत रहेका तामाङको मंगलबार बेलुका निधन भएको हो । उनी बुढानीलकण्ठ-५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ…