१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सीताको अग्निपरीक्षा



कल्पना पौडेल ‘जिज्ञासु’

के तपाईंले कहिल्यै सोच्नुभएको छ,
एउटी स्त्रीलाई न्याय चाहिन्छ कि प्रमाण ?
के उसको आत्माको जलन
कुनै अग्निकुण्डले समन गर्न सक्छ ?

यो कथा पौराणिक कथा मात्र होइन,
पृथ्वीकी छोरीहरूको
वर्तमान कथा हो।

सीता,
मिथक मात्रै होइनन्,
उनी त्यो आवाज हुन्
जसले युगौँदेखि सोधिरहेकी छिन्,
“म निर्दोष हुँ
म माथि शंका किन ?”

वनको बाटो
उनका लागि आदेश बन्यो,
त्याग
उनको कर्तव्य बनाइयो।
प्रेम उनले माग्दै मागिनन्,
बरु प्रेमका खातिर कर्तव्य निभाइन्,
बदलामा पाइन्
दूषित शंका र तीखा प्रश्नहरू।

अशोक वाटिकामा
रावणको होइन-
व्यवस्थाको परीक्षा चलिरहेको थियो।
सीताले
आफ्नो मौनलाई रक्षाकवच बनाइन्,
र आत्मसम्मानलाई प्रथम सत्य ।

फेरि थोपरियो अग्निपरीक्षा ,
पवित्रताको नाममा
पितृसत्ताको विषाक्त लय ।
पुरुष नैतिकता
राजसभाको कसीमा प्रमाणित भयो ,
परन्तु,
स्त्रीको नैतिकता
अग्निकुण्डमा फ्याँकियो।

कसैले सोधेनन् !
आगोले घृणित प्रश्नहरूको उत्तर दिन्छ ?
विश्वासले सार्वजनिक तमासा माग्छ ?

राजधर्मको आसनमा
रामको मर्यदा बसिरह्यो,
दुख लाग्छ
सीताको हुर्मत
त्यसै आसनले लियो ।

उत्तरकाण्डमाः
पीडा अझ गहिरियो।
गर्भमा भविष्य बोकेर
सामाजिक प्रहारको सामना ।
सीता
फेरि वनतिर धकेलिइन्,
राम
सिंहासनमा निर्धक्क बसे ।

मौनता नारीको भाषा थियो
जसलाई पुरुष प्रेरित सभाले
बुझ्न सकेन।
सीताले
धरतीको काख रोजिन्,
त्यो उनको हार थिएन,
त्यो भीषण घोषणा थियो
विद्यमान समाजको अस्वीकार,
जहाँ निर्दोष स्त्री
हरेकपटक दोषी बन्छे,
र दोषी पुरुष
न्यायाधीश बन्छ ।

धर्म त्यही हो
जो प्रश्नसँग डराउँदैन,
आदर्श त्यही हो
जो समानता विना अगाडि बढ्दैन ।
सीता अब कथा मात्र होइनन्,
नारी चेतनाको द्योतक हुन्,
जो हरेक पटक भन्छिन्,
“ अब परीक्षा सीताको होइन रामको हुनुपर्छ ,
विद्यमान कुरीति र यो समाजको हुनुपर्छ ।”

खजुरा बाँके नेपाल।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १ : २७ बजे

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका