११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

गण्डकी । झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, “गाईले कति दूध दिन्छ बुबा ?” ६० वर्षीय भण्डारीले भने, “एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।” यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उनी अगेनातिर जान्छन्। फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु…