१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

गरीबीले धेरै कुरा खोस्यो, तर पढ्ने इच्छा खोस्न सकेन

नवलपुर । कावासोती नगरपालिका–१२ पिठौलीस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको कक्षा १० को कोठामा विद्यार्थीहरू आफ्नो पाठ्यपुस्तक पल्टाउँदै छन्। कोही साथीहरूसँग कुरा गर्दै छन्, कोही नोटबुकमा लेखिरहेका छन्। तर त्यही भीडमा एउटा अनुहारले सबैभन्दा बढी ध्यान खिच्छ- त्यो अनुहार हो १५ वर्षीया चादनी गोसाईको । जसको अनुहारमा पढ्ने जिज्ञासा, आँखामा सपनाको चमक र हृदयमा परिवारको भारी…