२९ असार २०८३, सोमबार | July 13, 2026

नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी

काठमाडौं । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा थिइन। यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र विशेषगरी उनको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिन्छिन् । नेपाल कति पटक आउनुभयो…