नेपालगन्ज । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीको नेतृत्वमा इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको सम्झनामा नेपालगञ्जमा बुधबार साँझ त्रिभुवन चौकमा दीप प्रज्वलन गरिएको छ । साँझ ५ः३० बजे सुरु भएको कार्यक्रममा मानव अधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि र स्थानीय युवाहरूको उपस्थितिमा जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै…