काठमाडौं । नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युुनियनबीच पत्रकार महासङ्घको निर्वाचनको सम्बन्धमा तीन बुँदे सम्झौता भएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिले राखेका मागबारे छलफल गरी महासङ्घलाई अगाडि बढाउनका लागि आज तीन बुँदे सम्झौता भएको हो । सम्झौतापत्रमा महासङ्घको तर्फबाट अध्यक्ष विपुल पोखरेल र युनियनका तर्फबाट अध्यक्ष शिव लम्सालले हस्ताक्षर गरेका छन् ।…