काठमाडौं । आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ । जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको छ । जनप्रदर्शन पश्चात काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार…