१९ बैशाख २०८१, बुधबार | May 1, 2024

बाँकेका प्रहरी प्रमुखमाथि छानविन गर्न एसएसपी बस्नेतको नेतृत्वमा समिति गठन



नेपालगन्ज । बाँकेका प्रहरी प्रमुख र मातहतका प्रहरी कर्मचारीका विषयमा छानविन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको बारेमा छानविन गर्न समिति गठन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानविन समिति गठन भई छानबिन प्रकृया अगाडी बढेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा यस कार्यालयको विशेष ध्यानाकर्षण भएको समेत कार्यालयले जनाएको छ । सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा छानविन गरी सत्यतथ्य बुझ्नका लागि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतको अध्यक्षतामा छानविन समिति गठन भएको हो ।

बाँकेमा लगातार लुटपाट, भडप सहित शान्ति सुरक्षा खलल पुग्ने कार्य भइरहँदा समेत त्यस्ता तत्वहरुलाई कारवाहीको दायरामा ल्याउन असफल भएको भन्दै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोराको आलोचना हुँदै आएको छ । आजै बाँकेका अधिकार कर्मीहरुले पनि जिल्लाको सुरक्षा अवस्था कमजोर भएको उल्लेख गर्दै त्यस सम्बन्धि समाचारलाई लिएर प्रहरी उपरीक्षकबाट पत्रकारलाई धम्की दिएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ४७ बजे

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा