२ पुस २०८२, बुधबार | December 17, 2025

म्याग्दीका वनमा डढेलो : जैविक र पर्यावरणीय क्षति बढ्दै

म्याग्दी । चैत लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा आगलागी भएपछि हराभरा वनजङ्गल उजाड भएका छन् । जङ्गलमा आगलागी भएपछि जैविक तथा पर्यावरणीय क्षति भएको छ । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका-५ अर्मन, धारा र छिस्वाङ सामुदायिक वन तथा मालिका गाउँपालिका-६ को दुखु खोवाङ सामुदायिक वनमा आइतबार साँझदेखि लागेको डढेलो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको…